२१ असार २०८३, आइतबार
समाचार

घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

१५ फागुन, घोडाघोडी । विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।