१७ माघ, जुम्ला । हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका