उत्तरी अफगानिस्तानमा कारबाही
काबुल, २ जेठ । अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ ।