२३ आश्विन २०८३, शुक्रबार
समाचार

शान्ति सुरक्षा अभियान प्रारम्भ

वीरेन्द्रनगर, २६ जेठ । कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।