मार्तडी, १६ साउन । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन्