१४ जेष्ठ २०८१, सोमबार
समाचार

गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडी, २६ वैशाख । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।