एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान
भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् । उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्