२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

४३ दिनमै म्याग्दीमा खानेपानी योजना सम्पन्न

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।