छाउपडी अन्त्यका लागि कानून बनाउन माग
वीरेन्द्रनगर, ३ साउन । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन्