काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफावार छलफल गरियोस् भनी