काठमाडौँ । मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत वर्ष काठमाडौँसम्म आइ त आइपुग्यो तर लामो समय रहन भने सकेन ।