९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे

२५ भदौ, नोमपेन्ह ।  राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त हुनुभएको छ । गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण बहुमत ल्याएर विजयी भएपछि विपक्षी नेता कारागारमुक्त हुनुभएको हो ।