मङ्गोलियामा सडक दुर्घटना चारको मृत्यु
१६ बैशाख, उलान बटोर । मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ ।