, सूचना प्रविधि

सूचना प्रविधि

  • एसआइसिटी नेपाल

    राज्यमन्त्री विष्टद्वारा एसआइसिटी नेपालको प्रशंसा

    १ मंसीर, काठमाडौं ।  विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी बिद्यार्थीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका  लागि  आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) को […]

  • nokia-mobile

    नोकियाको पछिल्ला उत्पादनले नेपालमा पुनः बजार लिने विश्वास

    कात्तिक २४, काठमाडौँ । नोकिया मोबाइलले छिट्टै आफूलाई नेपालमा पुनः स्थापित गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका थाइल्यान्ड एवं एसिया क्षेत्रका महाप्रबन्धक सन्दीप गुप्ताले नोकियाको पछिल्ला उत्पादनले पुनः बजार लिने विश्वास व्यक्त गरेका हुन् । नोकियाले स्मार्ट सिरिजका नोकिया ३, नोकिया ५, नोकिया ८ जस्ता स्मार्टफोन बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई मध्येनजर गर्दै […]

  • nepal-telecom

    नेपाल टेलिकमले दिएका अफरहरु थप तीन महिनाका लागि पनि लागु हुने

    कात्तिक २३, काठमाडौँ । नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो । उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ […]

  • google-picture

    विश्वकै मूल्यवान ब्राण्ड बन्यो गुगल

    कार्तिक २१, काठमाडौँ | गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । जसमध्ये गुगल पहिलो नम्बरमा छ । गुगल एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान ब्राण्ड सूचिमा सफल पर्न भएको हो । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी […]

  • nepal-telecom

    भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा

    कार्तिक २१ । नेपाल टेलिकमले यही कात्तिक  सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो । टेलिकमले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको जनाएको हो । हालसम्म […]

  • उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

    कार्तिक २०, काठमाडौँ | जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

  • नेपालमा चिनियाँ इन्टरनेट चलाउने तयारी अन्तिम चरणमा

    कात्तिक १५, काठमाडौँ । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै […]

  • पर्वतको महाशिला र बिहादीमा पहिलो पटक इन्टरनेट सेवा

    असोज ३१, पर्वत | यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् । बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो । बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी […]

  • सामसुङ ग्यालेक्सी ८ को बजारमा बिक्री सुरु, मूल्य १ लाख २ हजार ९९० रुपैयाँ

    असोज २९, काठमाडौँ | सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गरेको छ। यसमा भएको ड्युअल क्यामेराको साथमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) ले सशक्त फोटो खिच्न सकिन्छ। यसको सुरक्षा संयन्त्रको लागि ‘नक्स’ प्रविधि प्रयोग गरिएको छ। सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको परिवर्तित चाहनालाई यो […]

  • ‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

    असोज २९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए । […]

  • ‘फिंगरप्रिन्ट’बाटै थाहा हुन्छ, ‘कन्डम’को प्रयोग गरे/नगरेको

    असोज २६ | पुरुषको ‘फिंगरप्रिन्ट’बाट कन्डमको प्रयोग गरे /नगरेको पत्ता लगाउने नयाँ प्रविधिको सफल परीक्षण पश्चात त्यसको प्रयोग गर्न मान्यता पाएको छ । ‘शेफिल्ड हल्लम विश्वबिद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको ‘मास स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’मा आधारित प्रविधिबाट कुनैपनि ब्यक्तिले कन्डम प्रयोग गरे नगरेको पत्ता लगाउन सकिन्छ । योर्कशायर प्रहरीसँग मिलेर गरेको परीक्षण सफल भएपछि यसको प्रयोग गर्न अनुमती पाएको […]

  • ब्ल्याकबेरीको पहिलो ‘फुल टचस्क्रिन स्मार्टफोन’ सार्वजनिक, यस्तो छ मूल्य

    असोज २४, काठमाडौँ । स्मार्टफोन कम्पनि ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ सार्वजनिक भएकोे छ । ब्ल्याकबेरी मोबाइल साझेदार चिनियाँ कम्पनि ‘टीसिएल’ले यसैहप्ता दुबइको जिटेक्समा ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ ‘ब्ल्याकबेरी मोशन’ सार्वजनिक गरेको हो । यसै महिनाको अन्त्यसम्म मोबाइल बजारमा आउने कम्पनिले घोषणा गरेको छ । दुई ओटा सिमकार्ड प्रयोग गर्न सकिने स्मार्टफोन […]

  • जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

    असोज २३, काठमाडौँ | भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पाँचजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् । अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन […]

  • कसरी छान्ने आफूलाई सुहाउँदो फोन 

    असोज २३, काठमाडौँ | आजको समयमा मोबाइल फोन नबोक्ने सायदै कोही होलान्। नेपाल दूरसञ्चारको गत असारसम्मको तथ्यांक अनुसार मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्याको १२९ प्रतिशत अर्थात ३ करोड ४१ लाख पुगेको छ। आधुनिक यस समयमा मोबाइलको प्रयोग केवल ‘कल’ गर्नमा मात्र सीमित रहेन। मोबाइलप्रति हामी यति धेरै अभ्यस्त भइसकेका छौँ कि यसमा भएको अर्लामको […]

  • क्षयरोग पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन संचालन

    असोज २१, कपिलवस्तु । अति संवेदनशील र गम्भीर प्रकृतिका बिरामीमा केही घण्टामै क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने अत्याधुनिक ‘जीन एक्सपर्ट’ मेसिन कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा संचालनमा आएसंगै जिल्लाबासीलाई सहज भएको छ । निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा […]

  • टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने

    असोज ४, काठमाडौँ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘ वाउटाइम एप्स ‘ मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल […]

  • गुगलको नयाँ स्मार्टफोन अक्टोबरमा सार्वजनिक हुने

    असोज ३, काठमाडौँ | आगामी ४ अक्टोबरमा गुगलले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै सार्वजनिक भएको गुगलको एक नयाँ टिजर अनुसार पिक्सेल टू र पिक्सेल टू एक्स एल नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज हुने भएको हो । यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् भन्ने नभनिए पनि उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने […]

  • दुई महिना लगाएर चीनबाट आयो सुरुङ खन्ने बोरिङ मेसिन

    भाद्र ३०, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो । यससँगै अब आयोजनाको पहिलो र महत्वपूर्ण मानिएको सुरुङ निर्माणको कामले गति लिनेछ । हालसम्म मजदुरबाट डेढ सय मिटर सुरुङ खनिएको छ । सुरुङको […]

  • अमेरिकी प्रविधिको युएम ३०० सिसीका बाइकहरु पोखरामा

    भाद्र २९, पोखरा | अमेरिकन प्रविधिमा उप्पादित युनाइटेड मोटर्स (युएम) ब्राण्डका नयाँ मोडलका मोटरसाइकल पोखरामा भित्रिएको छ । युएम मोटरसाइकल तथा स्कुटर पोखरामा बिक्री गर्दै आइरहेको हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय अटो वल्ड नयाँबजार पोखराले बुधबार एक कार्यक्रमका बीच ३ सय सिसीका नयाँ मोटरसाइकलहरु सार्वजनिक गरेको हो । रेनिगेट कमाण्डो ३०० र रेनिगेट स्पोर्टस एस ३०० को […]

  • अहिले सम्मकै उत्कृष्ट फिचर सहित आईफोन-८ आज सार्वजानिक हुँदै

    भाद्र २७, काठमाडौँ | बहुप्रतिक्षित आइफोन ८ सार्वजनिक हुँदै छ । जसको प्रतिक्षामा हजारौं ग्राहकहरु लामो समय देखि रहँदै आएका छन् ।कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स रहेका छन् । नयाँ विशेषताहरुको बारेमा पनि उल्लेख गरेका छन् । जसमा आइफोन ८ र ८ […]