२५ श्रावण २०८३, सोमबार
घटना

तीन प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी

९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा खोजबिन र दोषीलाई कारबाही गर्न नसकेको आरोपमा तीन जना प्रहरी अधिकारीलाई विभागीय कारबाहीको तयारी भएको छ । गृह मन्त्रालयले कञ्चनपुरका एसपी, डिएसपी र मुद्दा फाँटका कर्मचारीलाई कारबाहीको तयारी गरेको हो।