पर्वतमा कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो
पर्वत, ७ साउन । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ ।