पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
दमौली, साउन ६ । आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादी र आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी