डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा
१९ भदौं, काठमाडौं । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन्