१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

सङ्क्रमितको भनाइ: ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’

बलेवा, ३ वैशाख । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ