, आयुर्वेद

आयुर्वेद

  • Nepalpatra

    सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

    १६ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ/सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै […]

  • Nepalpatra

    आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

    ५ मङ्सिर, काठमाडौँ । वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार […]

  • Nepalpatra

    भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

    १९ कात्तिक, सुरुङ्गा । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उहाँको थप समस्या रहेछ […]

  • naradevi

    आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

    १६ कात्तिक, काठमाडौँ । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम […]

  • mrigola

    मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद

    १९ असोज, काठमाडौँ । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिनुभयो । मिर्गौला फेर्नुपर्ने […]

  • KP at Jhapa

    प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

    ६ भदौ, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार […]

  • Nepalpatra

    आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

    ९ असार, काठमाडौँ । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र […]

  • Upendra Yadav

    आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : उपप्रधानमन्त्री यादव

    १ असार, काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उहाँले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताउनुभयो । उपप्रधानमन्त्री यादवले […]

  • आयुर्वेदिक उपचारको मोह बढ्दै, बिरामीको संख्या तीनगुणाले वृद्धि

    कात्तिक १३, कंचनपुर । आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् । रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा उपचार गर्न पुग्ने बिरामीको संख्यामा विगतको तुलनामा तीनगुणाले वृद्धि भएको छ । आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई […]