विराटनगरमा थप १२ जनामा देखियो कोरोना संक्रमण
विराटनगर, १८ साउन । प्रदेश १ को राजधानी विराटनगरमा आज आइतबार थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप १२ जनामा संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका