२० बैशाख २०८३, आइतबार
हेडलाइन

मन्त्रीमण्डल पुनर्गठन स्थगित : ओली-प्रचण्डको आ-आफ्नै अडान

काठमाडौं, असोज २५ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो ।