काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।