२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले कास्की २ मा उपनिर्वाचनको लागि खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । यसअघि धनराज गुरुङलाई टिकट दिने भनिएता पनि सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।