२९ साउन, चौतारा । पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ