८ पुस २०८१, सोमबार
कला-साहित्य

बुद्ध – अनुष्टुभ् छन्द

ॐ श्रीपरमात्मने नम: । श्रीबुद्ध विश्वविख्यात नेपालका सुपुत्र हुन् । अहिंसाका पुजारी र शान्तिका अग्रदूत हून् ।।१।। तपस्वी प्रेमका मूर्ति ज्ञानका अवतार हुन् । बुद्धका दिव्यवाणीमा सम्पूर्ण गुण मिल्दछन् ।।२।। लुम्बिनीमा लिई जन्म तपस्यामा दिए दिल । बुद्धका भावना हुन्छन्