दमौली, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ ।