गाईवस्तुलाई दानाको अभाव
कठमाडौँ, १३ चैत । राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो