१४ बैशाख २०८१, शुक्रबार

एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्यो २ करोड, अझै २१ करोड बाँकी


malesiya airpot

२४ पुस, काठमाण्डौ । मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएकोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ । विमानस्थल विकास शुल्क, अवतरण ल्यान्डिङ र विसान पार्किङ शुल्क, हवाई परिवहन सञ्चार परिवहन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि तिरेको थिएन ।

त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियासहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले अर्बौं बक्यौता चुक्ता नगरेको विषयमा छानबिन समिति गठन गरी बक्यौता असुलीमा काम गरेपछि वायुसेवा कम्पनीले रकम तिर्न थालेका हुन् । सबैभन्दा धेरै एयर एसिया एक्लैले २३ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गरेको थिएन । उक्त रकम गत मंसिर १४ गतेसम्मको हो । जति ताकेता गर्दा पनि अटेर गरेपछि विमानस्थल व्यवस्थापनले एयर एसियाको नेपाल उडान बन्द गर्ने चेतावनीसहितको पत्र पठाएपछि बाध्य भएर सानो हिस्सा रकम तिरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !