१८ बैशाख २०८१, मंगलबार

टनकपुर नाकाबाट थप विद्युत ल्याउने सम्झौता


कार्तिक १०, काठमाडौँ |  गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला हुनुहुन्छ ।

विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरे । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ । सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३.४४ मा विद्युत् खरिद गर्नेछ ।
टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ । यस्तै टनकपुरमा नै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !