सोलुखुम्बु, १५ असोज । नेपाल सरकारले यही असोज १ गतेदेखि लामो दूरीकोे यातायात सञ्चालन गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमणको त्रास बढेको छ । अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसकै क्षेत्रबाट नागरिक निर्बाध आउने क्रम बढेको छ ।