महोत्तरी । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । नीलगाई र बँदेल हुल (समूह) मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट