२३ बैशाख २०८३, बुधबार

प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान


बालेन शाह

काठमाडौँ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले भोलि बिहीबार अपराह्न ५:०० बजेका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको बताइएको छ । संवैधानिक परिषद्को सचिवालयले आज बुधबार जारी गरेको पत्रअनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु