काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्। स्रोतका अनुसार उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्।