१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो ।