काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता परिवर्तन गरेको छ । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।
पन्तलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला थिए ।
आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।












