१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ