१४ बैशाख २०८३, सोमबार

सशस्त्र प्रहरी बलको आईजीपीमा नारायण दत्त पौडेल बढुवा


सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।

सरकारले उनी अवकाशमा जान चारदिन बाँकी हुँदै नयाँ आईजीपीमा पौडेललाई नियुक्त गरेको हो । आईजीपीका लागि एआईजीद्धय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !