१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

पाकिस्तानले शनिबारदेखि लकडाउन खुकुलो बनाउने

इस्लामाबाद, २६ वैशाख । पाकिस्तानले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ । कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो ।