पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित
उम्मेदवारीका लागि तोकिएको समयसीमा मंगलबार अपराह्न ४ बजेसम्ममा दाहालको मात्र उम्मेदवारी परेको थियो। संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्ण साथ पाएका दाहाललाई १६ साना दल र मधेसी मोर्चाले समेत साथ दिएको थियो । दोस्रो दल एमालेले विपक्षमा मत दिने