१२ बैशाख २०८१, बुधबार

हलिउड शैलीमा फिल्म‘द विनर’को शसक्त ट्रेलर सार्बजनिक


the-winner

फिल्म ‘द विनर’को ट्रेलर,सार्बजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले सामाजिक संजाल युट्युभ मार्फत ट्रेलर,सार्बजनिक गरेका हुन् ।

बर्षको सुरुवात देखि नै हलिउड,बलिउड फिल्मको स्तरमा बनेको चलचित्र भन्दै चौतर्फी चर्चा चुलिएको छ । केहि महिना अघि सार्बजनिक टिजर र ‘परी’ बोलको गीतले पनि चलचित्रको स्तरलाई प्रष्ट पारेको छ ।

सार्बजनिक ट्रेलरमा फिल्मका लीड कलाकारहरु महेशमान श्रेष्ठ,पुर्वमिस नेपाल मलिना जोशी,रोयल मास्के,मन्चिन शाक्य,अमित गिरीलाई स्थान दिईएको छ ।

ट्रेलरले पनि हलिउड स्तरलाई झल्काएको छ । यस्तै सार्बजनिक नगरिएको एक क्लब सङलाई पनि समाबेश गरेको छ । अष्ट्रेलियामा फिल्मको भब्य रेड कार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले सार्बजनिक ट्रेलरलाई आम दर्शकले रुचाउने विश्वास लिएको छ ।

फिल्मको अष्ट्रेलिया लगायतका देशहरुमा ओभरसिज राईट बिक्री भईसकेको छ । उता अष्ट्रेलियाका निर्माता रोयल मास्केले पनि सार्बजनिक ट्रेलरकै आधारमा फिल्मको डिमान्ड बढ्ने दाबी गरेका छन् ।

हिक्मत बिष्ट निर्देशित चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा बिकास खरेल,रितेश राणा,सृजना शाह,रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन ।

फिल्मको ट्रेलरले सस्पेन्स,थ्रिलर र एक्सनलाई फोकस गरेको छ ।

हेर्नुहोस् ट्रेलर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !