२ जेष्ठ २०८१, बुधबार

७ वर्षकी बालिकालाई बलात्कार गर्ने १८ वर्षका युवा पक्राउ


child rape

खोटाङ, साउन १९ – सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन् । घर नजिकै खेल्दै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा खिदिमा–१ का १८ वर्षका बविन राई पक्राउ परेका हुन् ।

पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी अन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । प्रहरीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य अवस्था गम्भीर छ ।

आरोपितले पनि बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । राईले साउन १५ गते बेलुका बालिकालाई बलात्कार गरेको जनाइएको छ । बालिका रुँदै घर गएपछि सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाइएको आफन्तले बताएका छन् ।

साउन १६ गते ईलाका प्रहरी कार्यालय मात्तिममा उजुरी परेको थियो । उजुरी परेपछि खटिएको प्रहरी टोलीले राईलाई साउन १७ गते बेलुका घरबाटै पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !