७ बैशाख २०८१, शुक्रबार

कांग्रेसमा विवाद , आज पौडेल पक्षको छुट्टै भेला


nc meeting

काठमाडौं १८ साउन । नयाँ सरकार गठनका विषयलाई लिएरु कांग्रेसमा विवाद चर्किएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा रहेका बेला नेपाली कांग्रेसभित्र गम्भिर विवाद देखिएको छ ।

सभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएको छ । पौडेलले आज आफु निकटको भेला बोलाएका छन् ।

पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै आफू पक्षधर केन्द्रीय सदस्यको भेला बोलाएको हो ।

पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ ।

सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन् ।
सरकारमा पठाउँदा आफूसँग अनिवार्य सहमति लिनुपर्ने अन्यथा परिणाम राम्रो नहुने चेतावनी वरिष्ठ नेता पौडेलले दिँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !