१३ बैशाख २०८१, बिहिबार

पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित


Prachanda

उम्मेदवारीका लागि तोकिएको समयसीमा मंगलबार अपराह्न ४ बजेसम्ममा दाहालको मात्र उम्मेदवारी परेको थियो। संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्ण साथ पाएका दाहाललाई १६ साना दल र मधेसी मोर्चाले समेत साथ दिएको थियो ।

दोस्रो दल एमालेले विपक्षमा मत दिने निर्णय गरेको थियो। दाहालको प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा केन्द्रकै कृष्णबहादुर महरा, मधेसी मोर्चाका उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्णलगायत १६ दलका नेता छन्।

सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया आह्वान गरेकी थिइन्।

२०६३ असारमा खुला राजनीतिमा आएका दाहाल यसअघि २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुख बनेका थिए। कांग्रेसको समर्थन पाउने भएपछि माओवादी असार २८ गते केपी ओली नेतृत्वको सरकारबाट बाहिरिँदै असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।

एमाले अध्यक्षसमेत रहेका ओलीले अविश्वास प्रस्तावमाथि मतदान हुनु केही घन्टाअघि साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए। नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने दाहाल पहिलो ब्याक्ति हुन्। प्रधान सेनापति रुक्मांगत कटवाल बर्खास्थ गरेपछिको विवाद चर्किंदै गएपछि नेकपा एमाले र मधेसवादी दलको संयुक्त सरकारको नेतृत्व गर्दै आएका दाहालले पदबाट राजीनामा दिएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !