६ जेष्ठ २०८१, आइतबार

पौडीबाज नेपालकी गौरिका ओलम्पिककै कान्छी खेलाडी


gaurika

काठमाडौं । नेपालकी कीर्तिमानी खेलाडी पौडीबाज गौरिका सिंह ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी भएकी छन् । रियो ओलम्पिकको अफिसियल वेबसाइटले एक समाचार प्रकाशित गर्दै पौडीकी गौरिका कान्छी खेलाडी भएको पुष्टि गरेको छ ।

रियो ओलम्पिकको आधिकारिक वेबसाइटमा गौरिकालाई भूकम्पबाट बाँचेकी खेलाडी र रियो ओलम्पिक २०१६ की सबैभन्दा युवा खेलाडी भनेर उल्लेख गरेको छ । लण्डनमा बस्दै आएकी १३ वर्षीय गौरिका भूकम्पका बेला नेपालमा थिइन् । त्यसबेला उनी नेसनल गेम खेल्न नेपाल आएकी थिइन् ।

गौरिकाले रियोमा सय मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा अगष्ट ८ मा हुनेछ । गौरिकाले अहिलेसम्म सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् । उनले भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई चार पदक दिलाएकी थिइन् । गत वर्षको माघ र फागुनमा सम्पन्न भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं सागमा गौरिकाले एक रजत र तीन कास्य जितेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !