२५ बैशाख २०८१, मंगलबार

आज २०७७ साल असोज २२ गते बिहिवार आजको राशिफल


राशिफल

आज २०७७ साल असोज २२ गते बिहिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज पारिवारिक साथ र सद्भाव बढ्नेछ । विभिन्न कुराको जिम्मेवारी निर्वाह र नेतृत्त्व गर्नुपर्नेछ । परिवारको खुसीका लागि केही खर्च गर्नुपर्ला ।

बृष

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार सुन्न पाइएला । कहीँ-कतैबाट कुनै उपहार प्राप्त होला ।

मिथुन

गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।

कर्कट

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । भौतिक सुख प्राप्तिका लागि खर्च बढ्न भने सक्छ ।

सिंह

आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।

कन्या

आज कला र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ ।

तुला

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि समझदारी भने कायम रहनेछ ।

बृश्चिक

कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ , तर व्यक्तिगत खुसीका लागि खर्च हुन सक्छ ।

धनु

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

मकर

आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ

आज घर परिवरमा शुभकार्यको योजना र चर्चा चल्नेछ । आफ्नो इच्छा अनुसार समय बिताउने अवसर जुर्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मीन

आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !