कुनैपनि देशको स्तर उन्नति हुनको लागि उद्योग कलखारखाना र खानी उत्खनन र उत्पादनमा जोड दिन सरकारको ध्यान जान आवश्यक छ । सवैभन्दा पहिले देशमा केको कमी छ भन्ने कुरामा ध्यान पुर्याउन सक्नुपर्छ । नेपालमा जनयुद्ध भयो जनयुद्धका कारण नेपाली उद्योग समाप्त भए यसले बेरोजगार निम्त्याउने काम गरायो ।
देशको सवैभन्दा ठुलो कुरा बेरोजगार हो । सरकारले पहिलो प्राथमिकता उद्योग स्थापनातर्फ लाग्नुपर्ने थियो । तर सरकाले पहिलो काम बेरोजगार हटाउन युवा पलायन गराउनतर्फ लाग्यो सवैभन्दा ठूलो गल्ती र चुक यहाँ देखिएको छ । यस्तो कार्य गर्नु उहाँहरूको ठूलो भुल थियो । तर यसले समस्या समाधान हुन सकेन झन झन बेरोजगारको संख्या ह्वात्तै बढ्दै गयो ।
देश सम्पन्न हुन पैसा उद्योगमा लगाउनुपर्नेमा पैसालाई फ्रिज बनाइएयो । विकासको नाममा छुट्याइएको पैसा अनावश्यक काममा खर्च गराइयो । सरकारमा जानेहरू स्वार्थमा डुब्न थाले यो नै सवैभन्दा कमजोर पक्ष थियो ।
विकास गर्न देशको आर्थिक सामाजिक विकासमा जोड दिन राजनीतिले मात्र सबै कुरा सम्भव होइन परिवर्तन गर्छ भन्ने गलत सोच जनतामा देखियो । आर्थिक उत्पादनको मार्फत पनि राजनीतिलाई चेन्ज गर्न सकिन्छ भन्ने कुरा जनतामा जाग्न सकेन ।
आर्थिक विकासका लागि सबैभन्दा पहिले हामीले पहिचान गर्नुपर्ने बिषय हाम्रो मुलुकको मुख्य स्रोत के हो यसतर्फ ध्यान पुग्न सकेन । देशको स्तर-उन्नतिका लागी फिजुल खर्चले देश ओरालो लाग्ने सम्भावना बढ्दै गयो ।
हामी कहाँ कुन कुराले बाहिरी बजार पनि र देशभित्रको आर्थिक विकास पनि गर्न सक्छौ त्यसको फाइण्डिङ गर्नुपर्ने थियो तर गरिएन । बोलेर मात्र होइन, काम गरेर देखाउनुपर्यो, कृषिको अत्यन्त आधुनिकिकरण, व्यसायीकरणको माध्यमवाट फड्को मार्न प्रयाप्त सम्भावना हुदाहुदै पनि केही गर्ने आँट भएन ।
देशमा क्रान्तिकारी भूमिसुधार, साँचो अर्थको भूमिसुधार आवश्यक छ । भूमिसुधार भनेको मान्छेलाई जग्गा बढ्ने भूमिसुधार होइन बढी उत्पादन गर्न सक्ने भूमिसुधार आवश्यक छ । धेरैलाई रोजगारी दिनसक्ने कृषि, बजारमा पुर्याउन सक्ने कृषिको विकास प्रमुख आवश्यकता हो यतापनि ध्यान दिइएन ।
दोस्रोमा, जलविद्युत विकास हो । जलविद्युतको माध्यमवाट अहिलेको उर्जा संकटलाइ कम गर्न तत्कालै प्रयास सुरु गर्नुपर्ने भएको छ । विद्युत निर्यातको सम्भावनालाई साकार रूप दिन तीब्र विकासमा जानुपर्छ ।
जलविद्युतको विकाससँगै सिंचाइका कुरा जोडिन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा हामी अरब-अरब जनसंख्या भएको चीन र भारतको बीचमा छौ, पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सक्छौ । नेपालको सुन्दरता विश्वकै लागि आकर्षणको केन्द्र बनेको छ, पर्यटन उद्योगबाट धेरै गर्न सक्ने सम्भावना थियो । हामीकहाँ रहेका कच्चा पदार्थलाई प्रयोग गरेर वस्तु बाहिर निर्यात गर्न सक्ने सम्भावना उत्तिकै थियो ।
अहिले हेर्नुस् त राजनीतिक दलका भातृ संगठन सबै बेरोजगारको भीड जस्तो भएको छ, त्यहाँ योग्यतम मान्छेहरू पनि छन् । आज काम गर्ने मान्छे पनि त्यहाँ गएर काम गर्दैन यस्तो जमात लिएर मुलुक विकास हुन सक्दैन । अब नेपालमा फेरि परिवर्तन हुन आवश्यक हुदैछ ।
अहिले नेपालमा, जागिर खोज्ने जागिर पाएन भने बेरोजगार भएर बेरोजगारले गर्ने काम खोज्ने मगन्ते खालको हाम्रो यो ट्रेण्ड छ । हम्रो संगठन उत्पादनमुखी र कामलाई समान गर्ने खालको हुनुपर्ने थियो ।
३० बर्ष अघिसम्म कोरियनहरू पनि अरबमा गएर काम गर्थे, अरबमा काम गर्दा उनीहरूले सोचे यहाँ सधैभरी काम गर्ने होइन, यहाँबाट हामीले आफ्नो देशमा सीप लाने हो, पैसा लाने हो तर विकास आफ्नै देशको गर्ने हो । आखिर कोरियनहरू त्यही गरे । आज सम्पन्न भए आफ्नै देशमा काम गर्न थाले यसैलाई भन्दछन् विकास ।
यो पनि पढनुहोस्
हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु
जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य
धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो
नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने
हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं
नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।