१४ बैशाख २०८१, शुक्रबार

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन


परिवर्तन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन  ! हिजो र आजमा धेरै परिवर्तन भएको छ । हिजोका राजसंस्थाका पालामा सत्तासिनहरू आज पनि छन्, भोली पनि रहनेछन् । हिजो धर्म निरपेक्षता थिएन आज छ । हिजो धर्म परिवर्तन गर्नेलाई कारवाही हुन्थ्यो आज हुदैन । हिजो घुस लिने र दिने राष्ट्का अपराधी हुन भन्थे तर अहिले ठिक उल्टो छ ।

हिजो विकासका लागि सरकारले उद्योगमा जोड दिएको पाइन्थ्यो भने आज भत्काउने परिपाटीको जन्म भएको छ । हिजो नेपालीले उद्योग लगाउथे भने आज विदेशीले लगाउने गरेको पाइन्छ । नेपालीले लगाउने उद्योगमा युनियन खडा गरेको पाइन्छ भने विदेशीको उद्योगमा युनियन खडा गरेर बन्द गराइदैन । के यो परिवर्तन होइन ।

हिजो धर्म निरपेक्षता थिएन आज छ । हिजो धर्म परिवर्तन गर्नेलाई कारवाही हुन्थ्यो आज हुदैन । हिजो घुस लिने र दिने राष्ट्का अपराधी हुन भन्थे तर अहिले ठिक उल्टो छ ।

हिजो डलर भित्र्याइन्थ्यो भने आज बाहिर पठाउने परिपाटीको जन्म भएको छ । हिजो नेपाली कामदार नपुगेर विदेशी कामदार झिकाइन्थ्यो भने आज नेपालीलाई विदेशमा लखेट्ने परिपाटीको जन्म भएको छ । तर पनि हाम्रा जनता परिवर्तन भएन भन्दैछन् ।

देशले कोल्टो फेर्दैछ, हात थाप्ने बाडिचुडी खाने बानीको विकास भएको छ । विकासको बजेट खर्च नगरेर फ्रिज गराउने बानीको विकास भएको छ ।  संसार परिवर्तशील छ । मानिसको चेतमा पनि समयानुसार परिवर्तन आइरहेको छ । समयको यो परिवर्तनले हिजो र आजमा व्यापक भिन्नता ल्याइदिएको छ ।

हिजोका दिनसम्म कैयन मौलिक, संस्कृति र परम्परालाई हामीले सामाजिक व्यवस्थाको अभिन्न अङ्ग मान्दै आएका थियौं, समयको चक्रसँगै त्यसमा आमूल परिवर्तन आइरहेको देखिन्छ । अस्तिको मानिसले जुन रीतिथितिलाई सामाजिक परम्परा मानी आएको थियो, त्यो परिपाटीलाई आजका मानिसले भताभुङ्ग पारेर आफ्नै ढङ्गले व्याख्या गर्ने गरेको पाइन्छ ।

”कहिले सासूको पालो त कहिले बुहारीको पालो” बनाएर प्रकृतिले परिवर्तनको यो चक्रलाई निरन्तर चलाइरहेको छ । यसैलाई नारी र पुरूष बीच अधिकारको मुद्धा बनाएर केही बाठाटाठाहरूले अहिले हामीलाई दिग्भ्रमित बनाई समाजलाई कित्ताकित्तामा बिभाजन गरिदिएका छन् ।

सिधा-साधा नागरिक बीच झगडाको बिजारोपण गर्दै उनीहरूलाई लडाइँमा होमेर आ-आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न यस्तो समूह अहिले तल्लीन छ । हामी तिनैका कठपुतली बन्दै आपसी लडाइँ मच्चाइरहेका छौं । हरे यो मुख्र्याइँ र पागलपनको पनि एउटा सीमा हुन्छ । हामीले त सारा सीमा पार गरिसकेका रहेछौं ।

होइन हामी कुन बाटो हिँड्दैछौं ? हाम्रो गन्तव्य के हो ? के यस्तै झिनामसिना कुराहरूमा अल्झन कै लागि थियो यहाँको राजनीतिक परिवर्तन ? यसलाई लोकतन्त्र नभनेर राजनीति तन्त्र राख्दा कस्तो होला । आज जनताको हक-अधिकार कता हरायो । जनताको चाहना परिवर्तन हो तर यहाँ राजनीति खिचातानीले लोकतन्त्र नै ठिक नभएको महसुस गर्न थाल्दैछन् यस्तो हुनु भएन ।

परिवर्तनको मर्मलाई दृष्टिगत गर्दै बन्द उद्योग खोलौं ,खेतीयोग्य जमिनलाई नहरको व्यवस्था गरौं, बन्द उद्योग खोल्न र नयाँ-नयाँ उद्योग खोलेर फ्रिज भएको पैसालाई उत्पादनमुलक काममा खर्च गरौं । बेरोजगारपन मेट्न सवै मिलेर अघि बढ्न सके परिवर्तन निश्चित छ । परिवर्तन हुने होइन परिवर्तन त हामीले चाहेमा हुने हो ।

यो पनि पढनुहोस्

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

परिवर्तन गर्नुपर्ने भएको छ अब नेपालमा जडिबुटी उत्पादन गरेर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !