१ फाल्गुन २०८२, शुक्रबार

संयम र समग्रताको आह्वान : हर्क साम्पाङलाई खुला पत्र


संयम र समग्रताको आह्वान : हर्क साम्पाङलाई खुला पत्र

संयम र समग्रताको आह्वान : हर्क साम्पाङलाई खुला पत्र

प्रेषक: ई. वीरेन्द्र श्रेष्ठ
प्राप्तकर्ता: हर्कराज साम्पाङ राई,
मेयर — धरान उपमहानगरपालिका, तथा
अध्यक्ष — श्रम संस्कृति पार्टी, नेपाल ।

श्री हर्क साम्पाङज्यू,

लोकप्रियता र जनकल्याणकारी कर्मबाट अघि बढ्नु नै सत्कर्मको यात्रामा आरूढ हुने साहस हो । तर, अरूलाई निचो देखाएर सस्तो ताली बटुल्ने प्रयास, राजनीतिक मंचमा दीर्घकालीन उचाइ होइन, केवल क्षणिक भ्रम, र पतनको प्रारम्भ हो ।

हर्कज्यू, तपाईंको श्रम, तपस्या र समर्पण —
देशको माटोमा पसिनाको सुगन्ध थप्ने अनुपम उदाहरण हो । जनताका हातले बनाएको नाली र अनेकन सम्रचनाहरुले तपाईंको नाम नेपाली हृदयमा गढेको छ।
तर त्यही हात, यदि इगोको मुट्ठीमा बन्द भयो भने, त्यो हातले बनाउने होइन — भत्काउने खतरा प्रबल रहन्छ ।

केही दिनयता तपाईंले रास्वपा सभापति रवि लामिछानेमाथि गरेका कटाक्ष र टिप्पणीहरू जनताको मनमनमा खट्किएका छन् ।
राजनीतिमा मतभेद हुन्छन, तर असभ्य भाष्य
राष्ट्रको सभ्यता माथिको आघात हो ।
आज तपाईंको आवाज जनताको होइन,
रुष्ट अहंको प्रतिध्वनि जस्तो सुनिएको छ ।

हर्कज्यू, यो लडाइँ तपाईं र रविको होइन —
यो लडाइँ हो परिवर्तनकारी राष्ट्रभक्त शक्ति
र यथास्थितिवादी कुशासनको भूत बीचको ।
आज हामीले दुश्मन चुन्ने होइन,
साझा लक्ष्य चुन्ने बेला हो ।
तर, हामीबीच नै फुट ल्याउने कुचेष्टाका जो कोहीले पनि पछाडि बसेका दलालहरूले खेलिरहेको हुन्छ ।

तपाइ धरानको मेयर भै कार्यरत रहँदा, रास्वपाको खोल ओढेकाबाट पनि तपाईलाई आघात पुगेकी ? कदाचित, बदनियत थियो भनेपनि नितान्त सम्बन्धित व्यक्तिकै हो । न रास्वपा त्येसको जिम्मेवार हुन सक्छ न तपाईंको उचाइले उनिहरुसग सिंंगौरी खेल्न नै सुहाउँछ ।

रास्वपा अहिले नेपालको त्यो राजनीतिक शक्ति हो, जससँग इमानदार जनशक्ति र नयाँ पुस्ताको भरोसा छ ।
श्रम संस्कृतीको दर्शनले रास्वपाको नीति भेट्छ,
तर इगोले दुबैलाई टाढा पार्छ ।
राजनीतिमा व्यक्तिगत वाहवाही र समग्र लक्ष्य बीचको अन्तर बुझ्न सकेनौं भने —
हिजोको इतिहासले हाम्रै ढोका ढक्ढक्याउँछ ।

हिजो इलाम–२ मा तपाईं र रास्वपाको शक्ति
यदि एउटै लक्ष्यमा जोडिएको हुन्थ्यो भने —
परिणाम फरक हुन्थ्यो ।
तर विभाजित मत, विभाजित मन,
र एक अर्काप्रति संशयले त्यो सम्भावना हरायो ।
त्यो हार तपाईंको र रविको थिएन —
त्यो हार परिवर्तनको थियो।

राजनीतिमा कसले कसलाई उचाल्छ,
कसले कसको इमान किन्छ,
कसले कसको नाम प्रयोग गर्छ —
यो देशले धेरै पटक देखिसकेको छ ।
तर तपाईं, हर्क साम्पाङ,
त्यो भीडको नेता होइन,
त्यो भीडलाई ब्यूँझाउने आत्मा हुनुहुन्छ ।
त्यसैले, कृपया — संयम रहनुहोस्।
तपाईंको आवाजले एकता जगाउने हो,
विभाजन होइन।

रवि लामिछाने तपाईंका आलोचक होइनन्,
तपाईंका प्रशंसक हुन् ।
उहाँले तपाईंको श्रम संस्कृतिलाई आदर्श मानेका छन्,
र तपाईंका नजीरहरूलाई प्रेरणाको स्रोत ठानेका छन् ।
त्यो सम्मानलाई अपमानमा बदल्नु —
स्वयं तपाईंको गौरवमा चोट पुर्याउनु हो ।

हर्कज्यू,
राजनीति कुनै भीडमा उभिएर कराउने कला होइन, राजनीति त त्यो मौन क्षण हो
जहाँ देशको पीडाको आवाज आफूभित्र सुन्न सकिन्छ ।
अब परिवर्तनको विकल्पमा विकल्प नै छैन ।
यो अन्तिम युद्ध हो — शुद्धता र कुशासनको बीचको ।

तपाईं, हर्क साम्पाङ,
हातमा कोदाली बोकेको श्रमको प्रतीक हुनुहुन्छ ।
रवि लामिछाने,
कलम र आवाज बोकेको जनचेतनाको प्रतीक हुन् ।
हामीलाई दुवै चाहिन्छ —
देश पुनर्निर्माणका दुई हातका रूपमा ।

तसर्थ, मेरो विनम्र आग्रह —
इगो होइन, एकता रोजौं ।
प्रतिशोध होइन, प्रयोजन रोजौं ।
देशको मुक्ति, व्यक्तिगत विजय होइन ।

अन्त्यमा —
राजनीतिक लोकप्रियता क्षणिक हुन्छ,
तर संयमको इतिहास अमर रहन्छ ।
तपाईंको श्रम, तपाईंको देशप्रेम र तपाईंको साहस —
त्यसै संयमले पुनः उज्यालो पार्नेछ भन्ने विश्वासका साथ — सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एकजुट गराउने अभियानमा लाग्ने प्रेरणा माता पाथीभराले प्रदान गरून्:

सम्मानपूर्वक,
ई. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ

(लेखक ई. वीरेन्द्र श्रेष्ठ, तीन दशकदेखि व्यावसायिक तवरले जलविद्युत क्षेत्रमा काम गरिरहेका वरिष्ठ इन्जिनियर तथा जलविद्युत आयोजनाका प्रवर्धक हुन् भने जलस्रोतको अधिकतम सदुपयोग गर्दै यसैबाट मुलुकको समृद्धिको ढोका खोल्न सकिन्छ भन्ने अभियन्ता समेत हुन्।)

यो पनि पढ्नुहोस्

अविच्छिन्न ऊर्जामार्गको आपूर्तिमा जानैपर्ने ताप्लेजुङ

जेनजी, रवि, हर्क, बालेन र आम परिवर्तनगामी देशवासीहरुलाई खुला पत्र

युवा राजनीतिक युगको स्वागतमा नेपाल

ब्रह्माण्ड, प्रकृति र चैतन्यका अन्तरभावहरु

जलवायु परिवर्तनको चपेटामा नेपाल : चुनौती, सचेतना र यसका समाधानका उपायहरु

भानु स्कुललाई फर्केर हेर्दा

के नेपालले सन् २०३५ सम्ममा २८५०० मेगावाट विद्युत् उत्पादन गर्न सक्छ ?

सिरिजंघा, तपाईं अनि म

पृथ्वी जयन्ती र क्रान्तिको सार

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !