१२ पुस २०८१, शुक्रबार

ओमिक्रोन संक्रमित भए के गर्ने ? – डा. रवीन्द्र पाण्डे


ओमिक्रोन

अहिले डेल्टा, ओमिक्रोन लगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । तर सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ ।

१. कडा रुघा वा जीउ दुख्ने/जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

२. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने/पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागती पानी पकाएर पटकपटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।

४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।

५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्ने ।

६. ज्वरो आएमा/टाउको दुखेमा/शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट/कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घाँटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने ।

८. अक्सिमिटरले अक्सिजन नापिरहने ।

९. घाँटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।

१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !